logo
  • सोमबार, असोज १२ २०८३

सिद्धार्थ वाल तथा महिला अस्पतालको गाडी वेवारिसे अवस्थामा खोला किनारामा अलपत्र


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

यमलाल भुसाल, बुटवल साउन ३० ।
सिद्धार्थ वाल तथा महिला अस्पताल बुटवलको नामको गाडी वेवारिसे अवस्थामा खोला किनारामा अलपत्र रहनुले अस्पतालको बेईजेती गरेको छ । लु १ च २९८८ नम्बरको उक्त सवारी साधन बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुवनेश्वरी मागको खोला किनारामा विगत लामो समय देखि अलपत्र रहेको छ ।

अस्पतालको नाम प्रष्ट बुझिने गरि सवारी साधनमा लेखिएको र अलपत्र अवस्थामा लामो समयसम्म त्यस स्थानमा रहनुले स्थानियले प्रश्न उठाएका छन । अस्पतालको सम्पति वेवारिसे अवस्थामा रहेको भन्दै स्थानियले यो समाचारदातालाई जानकारी गराएपछि समाचारको विषय सार्वजनिक भएको हो ।

सो सम्बन्मा अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र वस्यालले ४ पाँच वर्ष पहिले अस्पतालले लिलाम गरि उक्त गाडी विक्री गरेको बताउनु भयो । उहाँले लिलाम गर्दा अस्पतालको नाम मेटाउनु पर्ने भन्दै आजै गाडीमा लेखिएको अस्पतालको नाम मेटाउन लगाउने बताउनु भयो ।

उक्त गाडी बुटवलका जंग थापाले लिलाम सकारेको अस्पताल प्रशासनले जनाएको छ । जेहोस अस्पतालको नाम लेखिएको सवारी साधन लिलाम भएको ५ वर्षसम्म पनि वेवारिसे अवस्थामा देखिदा अस्पतालको बेईजेती भएको सबैले स्विकार्नु पर्छ । यस्ता कुरामा अस्पताल प्रशासन गम्भिर र सम्वेदनशिल बन्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend