साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान साउन २९ ।
गौमुखी गाउँपालिका प्युठानको आ ब २०७६/०७७ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गौमुखी गाउँपालिकाको आयोजनामा भएको वार्षिक समिक्षा कार्यक्रम गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी बीच अन्तरक्रिया गरिएको हो । गौमुखी गाउँपालिकाको आ ब २०७६/७७ मा भए गरिएका गतिविधिको बारेमा गाउँपालिका भित्र रहेका विषयगत शाखा प्रमुखहरुले पस्तुतीकरण गरेका थिए । भने दुबै पक्षले गत बर्ष गरिएको बिकासको बारेमा टिका,टिप्पणी ,सहल्लाह ,सुझाव र सवालको जवाफ दिएका थिए ।
समिक्षात्मक कार्यक्रमलाई समापन गर्दै अध्यक्ष गिरिले जनप्रतिनिधि र कर्मचारी एक आपसमा परिपुरक सम्बन्ध जोडनु पर्ने,अनियमितता पार्दर्शिता सुशासन हुनु पर्ने,हरेक काम गर्दा जनप्रतिनिधि र कर्मचारी बीच समन्वय गर्नुपर्ने र कर्मचारीले उच्च मनोबलका साथ जिम्मेवारी बहन गर्न अनुरोध गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend