logo
  • सोमबार, असोज १२ २०८३

खर्वाङको नवप्रतिभा वचत तथा ऋण सहकारीले वचत तथा ऋणमा व्याजदर घटायो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ्ग साउन २६ ।
नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड खर्वाङले श्रावण १ गते देखि लागु हुने गरि प्रत्येक वचत तथा ऋण कारोवारमा १ प्रतिशतका दरले वार्षिक व्याज घटाउने भएको छ । जस अनुसार शेयर सदस्यलाई मासिक किस्ताबन्दीमा वार्षिक ११ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने भएको छ ।

त्यस्तै द्धैमासिकमा वार्षिक १२ प्रतिशत, त्रैमासिकमा वार्षिक १३ प्रतिशत तथा ६ महिनेमा वार्षिक १४ प्रतिशत व्याजदरमा ऋण लगानी गर्ने निर्णय गरेको छ । गत वर्ष सम्म १६ प्रतिशत व्याजदरमा ऋण लगानी गरेको सहकारीले एक वर्ष भित्रै २ प्रतिशतका दरले व्याजदर घटाएको हो । त्यस्तै सहकारीले बचतमा दिँदै आएको व्याज पनि घटाएको छ ।

मासिक वचतमा वार्षिक ९ प्रतिशत व्याज दिँदै आएको सहकारीले श्रावण १ गते देखि लागु हुने गरि ८ प्रतिशतमा झारेको र दैनिक वचतमा ५ प्रतिशत व्याज कायम गरिएको सहकारीका अध्यक्ष होमनाथ अर्यालले जानकारी दिनुभएको छ । साथै यसअघि वढि व्याजमा ऋण सम्झौता गरेका ऋणीहरुले पनि ऋण नविकरण गरे नयाँ व्याजदर लागु हुने सहकारीले जनाएको छ ।

यस क्षेत्रकै पुरानो र उत्कृष्ठ सहकारीको रुपमा परिचित नव प्रतिभा वचत तथा ऋण सहकारीको २ करोड १८ लाख शेयर पुँजी, १४ सय वढि शेयर सदस्य तथा १६ करोड १० लाख वढिको कारोवार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend