logo
  • सोमबार, असोज १२ २०८३

युवा व्यवसायी पौडेलद्वारा जन्मदिनमा बाल गृहलाई खाद्यान्न सामाग्री प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सिर्जना आचार्य, कपिलवस्तु साउन २५ ।
कपिलवस्तुका सफल युवा व्यवसायी रुपमा परिचित तथा श्री सिद्दार्थ ट्रेडर्शका ४ नम्बर क.ब का संचालक समेत रहेका नारायण पौडेलले आज सयपत्री क्याम्पसमा संचालित एक कार्यक्रमका बिच आफ्नो ३९ औ जन्म दिनको अवसरमा जिल्लामा संचालित बाल गृहलाई खाद्यान्न बितरण गर्नु भएको छ ।

जसमा १ कुइन्टल चामल , १ बोरा चिउरा , १ बोरा सोयाबिन , ५ लिटर तेल र ५ के.जि दाल समाबेश गरिएको थियो ।सो सामग्री बाल गृहका संचालक समितिका अध्यक्ष राम प्रसाद अर्याललाई हस्तान्तरण गर्दै आफ्नो जन्मदिनमा आफू सक्दो सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामका लागि आफू सदैव तल्लीन रहने बताउनु भयो ।

कार्यक्रम लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष सुरेन्द्र घिमिरे, जोन चेयर पर्सन कृष्ण केसिको प्रमुख आतिथ्यता र लायन्स क्लब अफ कपिलवस्तुका सचीव राम सुवागे थारुको सन्चालनमा कार्यक्रम सप्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend