logo
  • सोमबार, असोज १२ २०८३

बाग्लुङ्गको रिघामा राष्ट्रिय युवा सँघको टोल कमिटि भेला सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

केहरसिंह राना, साउन २४।
नेपाल कम्युनिस्ट पार्टि (नेकपा) गल्कोट नगरपालिका ११ रिघामा वडा कमिठिको आयोजनामा राष्ट्रिय युवा सँघको टोल कमिटि भेला सम्पन्न भएको छ । भेलामा नेपाल कम्युनिस्ट पार्टि नेकपामा थाई कमिटिका सदस्य तथा बाग्लुङ प्रतिनिधि सभाको क्षेत्र नं. २ का साँसद देवेन्द्र पौडेलले नेकपालाई एकताबद्ध रुपमा अगाडि बढाउनको निम्ती सबै लाग्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै नेपाल कम्युष्टि पार्टिको केहि विकल्पनभएको र केन्द्रमा केहि समस्या भएपनी पार्टि नफुटने गरी अगाडि बढने उहाँले बताउनुभयो । भेलामा नेपालका जिल्ला सदस्याहरुले आ आफ्नो भनाइहरु राखेका थिय । सोहि अबसरमा रेसम नेपालीको अध्यक्षतामा राष्ट्रिय युवा सँघको टोल कमिटि समेत गठन गरीएको छ । २० सदस्य उक्त सँघको उपाध्यक्ष चुरा बाहादुर नेपाली, सचिब लप्सन नेपाली, कोषध्यक्ष मन्जु बस्याल, सह सचिब चक्र बाहादुर विक लगाएत रहनु भएको छ ।

भेला नेकपाका वडा अध्यक्ष स्यामलाल विकको अध्यक्षता, टोल कमिटिका अध्यक्ष रन्जित नेपालीको स्वागत तथा, राष्ट्रिया युवा सँघ नेपालका जिल्ला सदस्य दानबहादुर श्रीसको सन्चालनमा सम्पन्न भएको थियो । पौडेल कोरोना माहामारी तथा बाढिपहिरोको अनुगमन गर्ने क्रममा आफ्नो क्षेत्रमा भ्रमणको शिलशिलामा आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend