logo
  • शुक्रबार, असोज ९ २०८३

नेकपाको बिबाद कुर्चिको लडाइ हो,सैद्धान्तिक हुँदै होइन-नेता रायमाझी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सबिन बस्नेत,अर्घाखाँची साउन २४ ।

अर्घाखाँचीका संघिय सांसद टोपबहादुर रायमाझिले अहिले नेकपमा देखिएको बिबाद विधि, सिद्धान्तको लागि भन्दा पनि पार्टीका शिर्ष नेता केवल भागभण्डा र नियुक्त्तिमा लागेकोले उत्पन्न भएको बताएका छन । प्रेस संगठन अर्घाखाँची शाखासंगको भेटमा हिजो रायमाझीले भने (अहिले नेकपामा विधि,संगठन पद्धतिको कुरा हुदै होइन ,भित्री रुपमा पदिय महत्त्वकांक्षा नै पछिल्लो बिबादको कारक हो । रायमाझीले नेपाली नेतामा अनौठो रोगले बास गरेको भन्दै जुन संसारमै बिरलै पाइने र देख्ने गरेको समेत बताए । दुई दुई चोटि प्रधानमन्त्री भइसकेका र पार्टीको महत्वापुर्ण जिम्मेवारी पाइसकेका नेतापनि उहीँ पद र कुर्सीको निम्ति मरिहत्ते गर्नु अनौठो रोग नै हो । कुनै वरिष्ठ वा सल्लाहकार भएर अभिभावकको भुमिका खेल्न तयार छैनन् ।अहिलेको बिडम्बना यहि हो ।

टुटफुटबाट कम्युनिस्ट आन्दोलनले ठूलो क्षेती भोगिसकेको हुदा अब पनि पार्टीका नेताले नसोचे कोहि पनि सुरक्षित नहुने बताए ।उनले भने नेताहरु सिपि मैनाली ,मोहन बैध र बाबुराम भट्टराइको हबिगत भएर एउटा कुनामा बस्नुपर्ने स्थिती हुनेछ । अहिले नेकपा ठुलो तल्लाको घर भएको हुदां घर भत्किए कोहि पनि पुर्व एमाले वा माओबादी भएर रहन नसक्ने र त्यहाँबाट खसे उपल्लो तल्लामा बस्नेको हाडपनी नभेट्टिने समेत उल्लेख गरे ।रायमाझीले थपे ( महाधिवेशनसम्म जनताको जनबाद मानेर जाने सहमति भएकाले यसलाइ समृद्ध पार्ने काम त्यही हुन्छ,धर्य गरौ । अहिले एकताबद्द रुपमा सरकारका कामलाइ प्रभावकारी पार्ने कुरामा ध्यान दिनु सहि हुन्छ ।

शिर्ष नेताले अनाबश्यक हठ लिनु जरुरी छैन । रायमाझीले दुबै अध्यक्षले सहमतिमा निर्णय गर्दा आफुहरुको कुनै आपती नहुने भन्दै पार्टी एकताको निम्ति सक्दो दबाब कार्यकर्ताले दिन ढिला गर्न नहुने बताए ।उनले थपे अब चुप लागेर बस्ने हो भने पार्टी दुर्घटनामा पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend