logo
  • शुक्रबार, असोज ९ २०८३

मैत्री बहुउदेश्यीय सहकारी संस्थाको झण्डै डेढ करोड मुनाफा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी श्रावण ३१।
मैत्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गुल्मीले यो बर्ष झण्डै डेढ करोड मुनाफा गरेको छ । गुल्मी जिल्ला र अर्घाखाँचीका चार गाविसमामा कार्यक्षेत्र बनाएको सो संस्थाले १ करोड ४४ लाख ५ हजार ५ सय ३३ खुद नाफा कमाएको छ ।

14017603_1837543823135756_699139456_n

यस बर्षको आय व्ययको विवरण सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष बोम बहादुर खड्काले बार्षिक आय व्यय र संस्थाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

संस्थाले नाफाको ३२ लाख ७५ हजार ९ सय ७४ रुपैयाँ कर पनि भुक्तान गरेको छ । बित्तिय र लघु कार्यक्रम गरी १० हजार ६ सय ३१ जना सदस्य रहेको मैत्री बहुउदेश्यीय सहकारी संस्था लिमिटेड २०५८ सालमा स्थापना भएको हो । अहिले सम्म प्रधान कार्यालय सहित तीन वटा शाखा कार्यालय रहका छन् । संस्थाको जगेडा कोष १ करोड १२ लाख ६९ हजार ५ सय २५ रहेको छ । संस्थाको अन्य कोषमा ५३ लाख ९२ हजार १ सय ८८, शेयर पुँजी ३ करोड ३३ लाख ४९ हजार ८ सय, गरी जम्मा बचत ८ करोड ९० लाख ८१ ह्जार १ सय ८३ रहेको छ ।

त्यस्तै संस्थाको क्रृण लगानी २६ करोड २९ लाख ६ हजार ४ सय ४८, तिर्नुपर्ने क्रृण १३ करोड २५ लाख ६६ हजार ६ सय ६४ र जम्मा आम्दानी ४ करोड १३ लाख ६९ हजार ४ सय ६८ रहेको छ । क्रृण ÷बचतमा व्याज खर्च १ करोड ४८ लाख ४३ हजार १ सय ८२, तलव भक्ता खर्च ४९ लाख ४८ हजार ६ र प्रसासनिक खर्च ७१ लख ३६ हजार ७ सय ७४ गरी जम्मा खर्च २ करोड ६९ हजार ६३ हजार ९ सय ३४ रहेको छ ।

संस्थाका तीन वटा कार्यालयमा गरी ३६ जना कर्मचारी रहेका छन् । संस्थाका अध्यक्ष बोक खड्काको अध्यक्षता रहेकोपत्रकार सम्मेलनको संचालन व्यावस्थापक अर्जुन आचार्यले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अन्य पदाधिकारी तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend