साझा नेटवर्क
साझा नेटवर्क, बुटवल साउन २३ ।
बजारमा विभिन्न खाले तीज गीत सार्बजनिक भैरहेको अबस्थामा पछिल्लो समयमा अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा प्रस्तुतिमा देवी घर्ती र पुरुषोत्तम गैरेको आवाजमा रहेको मौलिक तीजगीत “भुरुरु उडेको चरी” सार्बजनिक भएको छ ।
सार्बजनिक भएको छोटो समयमै टिकटकमा अत्यधिक दर्शकले रुचाएको गीत भुरू चरीमा पुरुषोत्तम गैरेले लय बनाएका छन् भने बिमल पौडेलले सब्द लेखेका छन् । अविरल फिल्म्सको दृश्य निर्माणमा तयार भएको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन् ।
भने सगुन शर्माको श्रीन्गार रहेको छ साथै भिडियोमा सुमन पौडेल, आस्विनी पाण्डे, परि शर्मा, बिनोद खनाल र साधना भण्डारी लगाएतका कलाकारको प्रस्तुति देख्न सकिन्छ । बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको सम्पादन छायांकन समेत निर्देशक बिष्णु भट्टराईले गरेका छन् भने सुमन पौडेलले कोरियोग्राफी गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend