logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा पहिरोमा परेर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी साउन २३ ।
गुल्मीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्रीको मृत्यु भएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ ।

पुर्तिघाटबाट समान लिएर घर फर्किने क्रममा झीसीङ्ग खोलामा पहिरोमा परेर बेपत्ता भएका थिए । स्थानीयले खोज्ने क्रममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्ट मार्टमको लागि इलाका प्रहरी कार्यालय रिडीमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend