logo
  • सोमबार, असोज १२ २०८३

जन्म दिनको अवसरमा विपन्न विद्यार्थीलाई सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गुल्मी, साउन २२ ।
जन्म दिनको अवसरमा थुप्रैले अनेक बहाना बनाएर फजुल खर्च गर्छन् । पछिल्लो समय त्यो खर्चलाई पनि समाजसेवामा समर्पित गर्नेहरु भेटिन थालेका छन् । पछिल्लो उदाहरण रेसुंगा नगरपालिका ७ का शैलेस पन्थी हुन् । उनले जन्मदिनको अवसरमा पोशाक र शैक्षिक सामग्री प्रदान गरेका छन् ।

उनले नवज्योति प्राथमिक बिद्यालय नेटाको कक्षा चारमा अध्ययनरत सन्दीप पन्थीलाई पोशाक, जुत्ता, कापी कलम लगायतका सामग्री प्रदान गरेका थिए । सन्दीपकी आमाको माटोको ढिस्कोले पुरेर मृत्यु भएको थियो । भने बुवाको शव व्यावरिसे अवस्थामा फेला परेको थियो । सानो उमेरमै बाबु र आमा गुमाएका सन्दीपको अवस्था अत्यन्तै दयानीय भएकाले जन्मदिनको अवसरमा सहयोग गरिएको शैलेसले बताए ।

उनले महेन्द्र माविबाट एसइइ दिदै थिए । कोरोना संक्रमणले लकडाउन भएकाले एसइई पछि घुम्ने र जन्मदिनमा गरिने खर्चलाई सामाजिक काममा खर्च गरेको पन्थीले बताए । सानो उमेरमै बाबुले देखाएको सहयोगी भावनाबाट आफुहरुलाई पनि अत्यन्तै ठुलो सन्तुष्टि मिलेको आमा अन्जु पन्थीले बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend