साझा नेटवर्क
रमेश गिरि, प्युठान साउन २१ ।
प्युठान नगरपालिका वडा न १०काे आर्थिक वर्ष २०७६/०७७ काे वार्षिक समीक्षा कार्यक्रम आज वडा कार्यालय खरिवाेटमा सम्पन्न भएकाे छ । प्युठान नगरपालिका वडा न १० का वडा अध्यक्ष पदम गिरीले वडामा २ कराेड १० लाख ३ हजार ३ सय ८० रूपैया मध्ये पुर्वाधारतर्फ १ कराेड ७१ लाख ७ हजार २ सय ८३ रूपैया खर्च गरीएकाे र आर्थिक तथा सामाजिक विकासतर्फ २९ लाख ९६ हजार ९७ रूपैया बराबरको बजेट खर्च गरिएकाे जानकारी गराउनुभयाे ।
वडाकाे बार्षिक समिक्षा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख अर्जुन कुमार कक्षपतीले कार्यक्रमकाे उदघाटन समारोहमा बाेल्दै नगरपालिकाले गरेका मुख्य-मुख्य कामहरू वडाबासीहरूलाई जानकारी गराउनुभएकाे थियाे । नगरप्रमुख कक्षपतीले समीक्षा कार्यक्रममा बाेल्दै गरिव र विपन्न वर्गलाई लक्षित गरी प्युठान नगरपालिकाले सामुदायिक विद्यालयमा व्यवहारिक रूपमा नि:शुल्क शिक्षा प्रदान गर्ने अवधारणा ल्याउने काम प्युठान नगरपालिकाले गरेकाे छ ।
प्युठान नगरपालिकाले गरेकाे नमुना काम सायद ७५३ वटा स्थानीय तहहरूमध्ये कै पहिलाे रहेकाे जानकारी दिनुभयाे । नगरपालिकाकाे पहलमा संघिय सरकारबाट दिवा खाजा कार्यक्रम पारीएकाे जानकारी गराउनुभयाे । जनता आवास कार्यक्रम अन्तरगत ७ सय घरधुरीमा खरकाे छाना मुक्त गरीएकाे छ बाँकि १ वर्षभित्रमा नगरपालिका पुर्ण रूपमा खरकाे छाना मुक्त गराउने लक्ष्य रहेकाे जानकारी गराउनुभयाे ।
“एक घर एक धारा “अन्तरगत धेरै वडामा खानेपानीकाे सुबिधा पुराईएकाे छ बाँकि वडामा पनि सुविधा पुराउने काममा नगरपालिका पुर्ण रूपमा लागि परेकाे छ । नगरपालिकाले विभिन्न वडामा आन्तरिक रकम लगाएर खानेपानीकाे व्यवस्था गरेकाे छ यसका साथै नगरपालिकाकाे पहलमा प्रदेश सरकार तथा संघिय सरकारसँग पनि समवन्य गरी ठुला-ठुला याेजनाहरू नगरपालिकाले पारेकाे छ । किसानहरूलाई व्यवसायिक कृषि गर्न नगरपालिकाले यान्त्रिक सुविधा उपलब्ध गराएकाे छ , किसानहरूकाे समस्या समाधानकाे लागि प्रत्येक वडामा कृषि प्राविधिकहरूकाे व्यवस्था गरेकाे छ ।
बिउविजन, मल ,अाैषधी लगायतका कृषकका समस्या समाधान गर्न नगरपालिकाले विशेष ध्यान दिएकाे छ , कृषि स्मार्ट कार्यक्रम पनि प्रदेश सरकारबाट नगरपालिका क्षेत्रमा पार्ने काममा माननीय सासदसँग समन्वय भएकाे कुरा राख्नुभएकाे छ । भाैतिक निर्माण अन्तरगत सडक निर्माण गर्दा बेराेजगारहरूलाई परिचालन गरी काेभिड 19 बाट प्रभावित युवाहरूलाई राेजगार प्रदान गर्ने याेजना रहेकाे छ, सडक निमार्ण गर्दा डाेजरकाे प्रयाेगलाई भन्दा युवा शक्तिकाे प्रयाेगलाई बिशेष प्राथमिकता दिने जानकारी गराउनुभयाे ।
प्युठान जिल्लामा १० कराेड तटबन्ध गर्न बजेट परेकाेमा प्युठान नगरपालिका क्षेत्रभित्र ८ कराेड बजेट बराबरकाे तटबन्ध गरिएकाे छ । याे काम पनि नगरपालिकाकै पहलमा भएकाे जिकिर गर्नु भयाे । आगामी वर्ष प्युठान नगरपालिका क्षेत्र भित्र ८ किलोमिटर सडक पक्की गर्ने याेजना रहेकाे छ । एक वडाबाट अर्काे वडासम्म सहजरूपमा जाेडने सडक प्रवन्ध मिलाईएकाे छ । सबै वडामा सहज सडक सन्जालकाे व्यवस्था मिलाउने काममा नगरपालिका पुर्ण रूपमा सक्षम रहेकाे जानकारी गराउनु भयाे ।
८.सुरक्षित गर्भ पतनकाे लागि नगरबासी दिदी बहिनीहरूलाई नगरपालिकाले मेरी स्टाेप्स सेन्टरसँग सम्झाैता गरी नि:शुल्क गर्भपतनकाे लागि सेवा उपलब्ध गराईएकाे छ । प्युठान अस्पतालमा फिजियाेथेरापी सेवा उपलब्ध गराईएकाे छ । प्राण घातक ८ राेगका विरामीहरूलाई १ लाख अार्थिक सहयोग गरेकाे छ । ६०वर्ष माथीका जेष्ठ नागरिकलाई घरदैलाेमा निःशुल्क स्वास्थ परीक्षणकाे सुविधा नगरपालिले उपलब्ध गराएकाे छ । जेष्ठ नागरिकहरूकाे निःशुल्क अाँखा उपचार प्रबन्ध मिलाईएकाे छ ।
सबै वडामा विद्युतीय सुविधा पुराउने काममा नगरपालिकाकाे अाबश्यक व्यवस्था मिलाएकाे छ । काठकाे पाेल मुक्त गराउने काममा नगरपालिका लागेकाे छ । शिक्षा, स्वास्थ्य, संचार, यातायात, खानेपानी र विद्युत लगायतका विकासका पुर्वाधारमा नगरपालिकाले व्यापक रूपमा सुधार गरेकाे छ । विश्वका सामु देखा परेकाे काेभिड १९ काे समस्या समाधान गर्न नगरपालिका परिवारले अधिकतम प्रयास गरेकाे छ ।
नगरपालिकाकाे अान्तरिक स्राेत परिचालनका साथै स्थानिय समुदाय , प्रदेश सरकार , संघिय सरकारसँग सहयोग जुटाएर नगरवासी दाजुभाई दिदिबहिनिहरूलाई जाेगाउनु मुख्य दायित्व रहेकाे धारणा राख्नुभयाे । अहिले ज्यान जाेगाउने , अाफु बाँच्ने र अरूलाई पनि बचाउने कामलाई पहिलाे प्राथमिकता दिनु पर्ने समय भएकाेले अत्यावश्यक काममा बाहेक सकभर धेरै हिडडुल नगर्न नगरवासी दाजुभाई दिदिबहिनिहरूसँग आग्रह गर्नु भयाे ।
नगरपालिकाले गरेका कामलाई अति रन्जित रूपबाट प्रचार प्रसार गर्ने भ्रमपुर्ण कामहरू पनि भएका छन यस विषयमा नगरवासीहरू सचेत हुन जरूरी रहेकाे धारणा राख्नुभयाे । नगरपालिकाले गरेका राम्रा कामहरू जनताका माझ लैजाने काममा केही कमी भएकाे छ । यस विषयमा दुः ख लागेकाे कुरा पनि व्यक्त गर्नु भयाे । आफु जनताकाे सेवा गरेवापत पाउने सुविधा समेत जनतालाई बाँडेकाे छु ।
जे गरेका छाैँ जनताकाे पक्षमा गर्छाैँ जनताका सपना पूरा गराउने काममा नगरपालिका परिवार खास गरि जनप्रतिनिधिहरू पुर्ण रूपमा प्रतिबद्ध रहेकाे स्मरण गराउनु भएकाे थियाे । वार्षिक समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रेशमा गिरी, नेकपाका प्रतिनिधि लाेक बहादुर केसी, क्रान्तिकारीका प्रतिनिधि रविलाल राेकामगर, प्युठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्का लगायतका अतिथिहरूले समिक्षा कार्यक्रमकाे सफलताकाे शुभकामना दिनुभएकाे थियाे ।
काेभिड १९ काे राेकथाम तथा व्यवस्थापन कार्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै वडा कार्यालयले मरन्ठाना प्रहरी चाैकीका प्रमुखलाई सम्मानित गरिएकाे थियाे । कार्यक्रमकाे अध्यक्षता पदम गिरीले गर्नु भएकाे थियाे भने संचालन अनिता केसीले गर्नु भएकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend