logo
  • शुक्रबार, असोज ९ २०८३

अपडेट : काभ्रे बस दुर्घटनामा उद्धारका लागि हेलिकप्टर पुग्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काभ्रेपलाञ्चोक श्रावण ३१ ।
काभ्रेमा भएको बस दुर्घटनामा उद्धारका लागि हेलिकप्टर घटनास्थलमा पुगेको छ। काठमाडौंबाट काभ्रेपलाञ्चोकको मादन कुँडारी जाँदै गरेको बस विर्ता देउराली–९ खहरेखोला भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा २५ जनाको निधन भएको पुष्टि भएको छ ।
14018127_1232090496810534_1406948412_n
उद्धारका लागि सेनाको एमआई १७ हेलिकप्टर पठाइएको नेपाली सेनाले जनाएको छ । बस खोँचमा अड्किएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीयले जानकारी दिएका छन् । उद्धारमा खटिएका एक स्थानीयले भने, “गाडी सडकबाट दुई सय मिटर तल खोँचमा खसेको छ ।

पाखाभरी शव छरिएका छन् । ३१ जनाको मृत्यु भएको छ र एक दुईजना अझै बसमा अड्किएको हुनसक्ने आशंका गरिएको छ ।” उनका अनुसार घाइतेहरूलाई एम्बुलेन्समा राखेर अस्पतालमा लगिसकिएको छ भने थप उद्धारका लागि हेलिकप्टर पनि घटनास्थलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend