logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा कारोना संक्रमित घटदै, ५ जना मात्रै आइसोलेशनमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी साउन २१ । 

गुल्मीमा कोरोना संक्रमितको सङ्ख्या घटदै गएको छ । जिल्लामा ५ जना मात्रै उपचारमा रहेका छन् । जिल्लामा कुल संक्रमित ३ सय ६७ मध्ये ३ सय ५९ जना कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । कोरोना मुक्त भएर घर फर्किनेहरुमा ३ सय जना पुरुष र ५९ जना महिला रहेका छन् । कोरोना संक्रमितमध्ये आइशुलेसनमा रहेकाहरुमा गुल्मीदरवार गाउँपालिकामा ४ जना र रेसुङ्गा नगरपालिकामा १ जना गरि ५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आशुलेशनमा राखेर घर पठाउन पठाउने गरिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइशुलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रावधान बनाइएको छ ।

संक्रमितहरु भारतबाट आएर क्वारेन्टीनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट २ हजार ४ सय १६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा १७ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend