logo
  • शुक्रबार, असोज ९ २०८३

शिवा आलेको तीजगीत “बामरी” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

लालबहादुर ढेंगा, युएई ।
महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै जादा खासगरी कलाकारिता क्षेत्रमा भएका कलाकारहरु बिशेष गरी तीजको गीत गाउन र भिडियो निर्माण तिर व्यस्तता बढ्न थालेको पाईन्छ । यसै क्रममा गएको ३० जुलाई बिहिबारका दिन वरिष्ठ लोक तथा दोहोरी गायिका शिवा आले कार्कीको नयां तीज गीत “बामरी” को म्युजिक भिडियो बजारमा सार्वजनिक गरिएको छ ।

उक्त गीतमा लामो समयदेखि लोक गीत संगीतको क्षेत्रमा स्थापित भएका वरिष्ठ लोक तथा दोहोरी गायक एवंम कुशल सर्जक बमबहादुर कार्कीको लय तथा शब्द सिर्जनाले भरिएको छ भने गीतलाई युवा पुस्ताका जल्दाबल्दा कलाकार महेन्द्र भण्डारीको संगीत संयोजनले सजाईएका छन् ।

मारुनी डिजिटल स्टुडियो काठमाण्डौंमा रेकर्ड गरिएको सो गीतलाई कुमार राना मगरले मिक्सिङ्ग गरेको छ । त्यसै गरी साई भिजन प्रा.लि.को दृश्य निर्माणमा रहेको गीतलाई प्रकाश भट्टले कोरियोग्राफी र निर्देशन दिएका छन् । मोडल रुविना अधिकारीको अभिनय रहेको छ भने बिष्णु शर्माले सम्पादनमा आफ्नो भूमिका निर्वाह गरेको छ ।

बिगत २८ बर्षदेखि लोक गायक कार्की र ३३ बर्षदेखि लोक गायिका आलेको यस सांगीतिक क्षेत्रमा अहम भूमिकाहरु रहेको पाईन्छ । गोरखा म्युजिकको प्रस्तुति र गीता श्रेष्ठको समुह स्वर रहेको यस भिडियोलाई सबैले माया गरिदिनका लागि बमबहादुर कार्कीले आग्रह समेत गरेका छन् । यस बर्ष बिश्वव्यापी नै कोरोनाको माहामारीकको त्रास भएता पनि कलाकारहरु भने आ–आफ्नै तरिकाबाट संगीतलाई अगाडि बढाएको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend