logo
  • सोमबार, असोज १२ २०८३

सडक माथीको जोखिम ढुंगा हटाउन नेपाली सेना


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी साउन १६ ।
गुल्मीमा सडक माथी पहिरोमा अडकीएका जोखिम ढुंगा हटाउनको लागि नेपालीले काम गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा रहेको बिरभद्र जंग गुल्मले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–४ को मदनभण्डारी राजमार्गको तम्घास सिमलटारी सड्कको रागेढुङ्गामा सडक माथी पहिरोमा जोखिम अबस्थामा रहेका ढुंगा हटाउन शुरु गरेको हो ।

नेपाली सेनाले पहिरोमा रहेका स–साना ढुंगाहरु हटाउने काम गरेतापनी ठूला ढुंगा हटाउनको लागि मेसिन लगायत अन्य तरिकाहरु अपनाउनु पर्ने देखिएको छ । ढुंगा हटाउनको लागि केहि मात्रामा काम भएपनि जोखिम भने कामयमै रहेको छ ।

अबिरल वर्षासँगै गएको पहिरोले केहि भाग खसेपनि ठूला ठूला ढुँगा सहित झर्ने अबस्थामा रहेकाले यात्रा गर्न समस्या हुने गरेको स्थानीय बताउछन् । सडक माथी पहिरोमा ठूला ढुंगाहरु अड्कीएकाले त्यस स्थान भएर हिडने पैदल तथा सवारी साधनहरु जोखिम यात्रा गर्न बाध्य भएका छन् ।

जिल्ला सदरमुकाम तम्घास भित्रिने अति व्यस्त सडकमा केहि भाग पहिरोले खसेको छ । केहि ठूला ढुंगा सहित खस्ने अबस्थामा जोखिम पूर्ण अबस्थामा रहेपछि सवारी साधान र पैदल यात्रु समेत जोखिम मोलेर यात्रा गर्ने गरेका छन् ।

दैनिक जसो पानी परिरहेकाले पहिरो खस्ने हो भन्ने डरले पहिरो हेरेर गाडि चलाउने र पैदल यात्रा गर्नेहरु हिडने गरेको स्थानीयको भनाई छ । दिउसको समयमा त हेरेर हिडने गरेतापनि रातको समयमा भने हिडन समस्या हुने गरेको हो । पहिरोले ठूलो क्षती हुन नदिन तत्कालै पहिरो हटाउनु पर्नेमा स्थानीयको जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend