logo
  • सोमबार, असोज १२ २०८३

नगरप्रमुखद्वारा चारतारा वहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय उद्घाटन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपक खनाल/विक्रम पाण्डे, अर्घाखाँची साउन १५ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वाड नं. १२ सल्लिकोटमा अवस्थित चारतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विधिवत रुपमा कार्यालयको उद्घाटन कार्य सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालद्वारा रीवन काटी कार्यालयको उद्घाटन कार्य सम्पन्न भएको हो ।

कृष्ण बहादुर खड्काको अध्यक्षता रहेको कार्यक्रममा, प्रमुख अतिथी नगर प्रमुख कमल प्रसाद भुसाल, विशिष्ट अतिथी जिल्ला समन्वय समिति सदस्य झम्मन कुमारी श्रेष्ठ, स.न.पा. १२ का वडा अध्यक्ष नारायण खड्का अतिथीहरु हरि बहादुर खड्का, लिलाधर बस्याल, बावुराम बस्याल र राम बहादुर बस्यालको रहेको थियो । भने सम्पूर्ण उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र सेयर सदस्यलाई स्वागत संस्थाका उपाध्यक्ष कृष्ण कुमार बस्यालले गर्नु भएको थियो ।

संस्थाको बारेमा प्रकाश लामो समयदेखि सहकारी क्षेत्रमा काम गर्दै आउनुभएका समाजसेवि व्यक्तित्व हरिबहादुर खड्काले पार्नुभएको थियो त्यसैक्रममा स.न.पा. १२ का नेपाली कांग्रेसका पार्टी सभापतीले संस्था लगायत स.न.पा. १२ को विकास निर्माणका कामहरुको समेत जोडदिनुभएको थियो । त्यस्तै बोल्ने क्रममा स.न.पा. १२ का वडा अध्यक्ष नारायण खड्काले वडा भित्रका सम्पूर्ण नागरिक लगाएत सदस्यलाई आत्मनिर्भर बनाउनका लागि सहकारीले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने भनाई राख्नुभयो, अनावश्यक खर्च घटाई सहकारीमा बचत गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी नगर प्रमुख कमल प्रसाद भुसालले संस्थाको प्रगतिको लागि शुभकामना दिदै संस्थाको संचालनको लागि नगरपालिकाद्वारा हुने सहयोगको लागि सधै आफू तत्पर रहेको समेत बताउनु भयो । कार्यक्रमको समापनमा संस्थाका अध्यक्षले संस्थाको बारेमा बोल्दै तपाई हामी सबै मिलि संस्थालाई यहाँसम्म ल्याएका छौं अझै अघि बढाउनु छ, बहुउद्देश्यीय संस्था भएकोले धेरै क्षेत्रमा काम गर्न मिल्छ समान्य आय आर्जन भएका सदस्यहरुलाई सस्तो ब्याजमा ऋण प्रवाह गरी आर्थिक प्रगतिलाई बढावा दिनुपर्छ सदस्यको प्रगति भनेको संस्थाको प्रगति हो भन्दै अहिले सम्म बचत भएको रकम सम्पूर्ण सेयर सदस्यलाई जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रमको संचालन तारा प्रसाद बस्यालले गर्नुभएको थियो । २०७५ सालमा बैद्धानिकता प्राप्त गरेको सहकारीमा ५४१ जना सेयर सदस्यहरु रहेका छन् । सहकारीको चालू पुँजी ५० लाख ९१ ह्जार ९१ रुपैया रहेको छ अबका दिनहरुमा सहकारीका सम्पूर्ण कार्य विद्युतिय माध्यमबाट हुने कुरा संस्थाका अध्यक्षले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend