साझा नेटवर्क
यमलाल भुसाल, बुटवल साउन १३ ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिले आफना कर्मचारीको परिवारलाई दूर्घटना बीमाको १० लाख रुपैया प्रदान गरेको छ । समितिमा कार्यरत चौकी ईन्चार्ज गणेश अधिकारीको गत वर्ष अफिसको कामको दौरानमा मोटरसाईकिल दूर्घटनामा परि मृत्यु भएको थियो ।
अधिकारीको गत वर्षको असौज १७ गते बुटवल १२ ढवाहामा मोटरसाईकिल दूर्घटनामा परि ज्यान गएको थियो । दूर्घटना बीमा वाफत नेको ईन्सोरेनसमा गरिएको बीमा रकम आएसंगै अधिकारीको श्रीमती विवु अधिकारीलाई मंगलवार एक समारोहका बीच बीमा रकम समितिले प्रदान गरेको हो ।
४३ वर्षिय अधिकारी समितिको चौकी ईन्चार्जका रुपमा कार्यरत रहनु भएको र उहाँको एक छोरा एक छोरी रहनु भएको छ । समितिका अध्यक्ष यम प्रसाद पाण्डे, वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्की, महासचिव जित बहादुर भाट, सचिव बसन्त खडका, सेक्टर उपाध्यक्ष डिल्ली नारायण रिजाल, कार्यालय प्रमुख बावुराम अधिकारी लगायत समितिका सदस्य तथा कर्मचारीहरुको उपस्थितीमा बिमा रकम प्रदान गरिएको हो ।
यस अघि समितिको तर्फवाट कर्मचारीलाई गरिदिएको बीमावाट १ लाख र समितिमा कार्यरत कर्मचारी युनियनले गरिदिएको बीमावाट पनि १ लाख रुपैया अधिकारीको परिवारलाई प्रदान गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend