logo
  • सोमबार, असोज १२ २०८३

निबन्ध प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी साउन १३।
धुम्रपान, मध्यपान र लागुपदार्थ नियन्त्रणमा परिवारकाे भूमिका´ बिषयमा भएकाे अनलाइन निबन्ध प्रतियोगिताका विजयीहरूलाई पुरस्कार वितरण भएकाे छ ।
लकडाउनकाे समयमा धुर्काेट गाउँपालिका ५ निवासी समाजसेवी नरेश भण्डारीद्वारा संचालित निबन्ध प्रतियोगिताका विजयीहरूलाई मंगलबार धुर्काेट गाउँपालिकामा पुरस्कार प्रदान गरिएकाे हाे । प्रतियाेगितामा सहभागि १० जनामध्ये द्वितिय हुने गाेविन्द भण्डारी, सान्त्वना हुने अशाेक पाेखरेल, अजय पाेखरेल र सिम्रन पाेखरेललाई पुरस्कार प्रदान गरिएकाे छ ।

द्वितिय हुने भण्डारीले नगद तीन हजार पाएका छन् भने सान्त्वना सबैले परिकल्पना पहल गुल्मीको तर्फबाट `स्वास्थ्यमा नेपाली सांस्कृतिक आहारको प्रभाव´ नामकाे किताब पनि प्रदान गरिएकाे छ। कुल १०० पूर्णाङ्ककाे प्रतियोगितामा भण्डारीले ७१.३३, अजयले ४५.८३, अशाेकले ४५.३३, र सिम्रनले ४०.३३ अकं ल्याएका थिए । प्रतियाेगितामा ७६.३३ अंक ल्याई सिर्जना पराजुली प्रथम र ५६ अंक ल्याई गणेश खत्री तृतीय भएका थिए ।

प्रथम, द्वितिय र तृतीय हुनेले क्रमश : पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गर्ने निबन्ध संचालक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend