logo
  • शुक्रबार, असोज ९ २०८३

मानिस सुख खोज्दाखोज्दै उसको अन्त्य हुन्छ तर सुखको अनुभुती गर्दैन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

मधुसुधन पाण्डे ।
मानविय प्राणी कसैको पनि जीवन दिर्घकालिन छैन । एकदिन त हामी सबैले धन सम्पत्ति आफन्त नातागोता श्रीमती छोराछोरी मात्रै होइन यो संसारलाई पनि छाड्छौ तर हामी मृत्युको मुखमा नपुग्दासम्म सुख भएन भनेर छट्पटाईरहेका हुन्छौं। जीवन एउटा कडी हो,जीवनमा अनेकौं दुख कष्ट आउछन् त्यसलाई समाधान गर्न सकेमा जीवन सुखमय हुन सक्दछ तर दुख माथि अझै समस्या थपियो भने दुख कष्ट झन थपिन सक्दछ ।

जब मानिस जन्मिएर आफैंले केही गर्न सक्छु भन्ने उद्देश्य राख्दछ तब उसको प्रगतिका पाईलामा साथ दिनेहरुभन्दा प्रत्येक पाईला पाईलामा खुट्टा तान्नेहरु धेरै हुन्छन्।भनिन्छ मानिसको जीवन सङ्घर्षमय हुन्छ तर त्यसलाई कुनै पनि मानिसले कस्तो रुपमा लिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो। मानिसलाई धन र ईच्छाहरुले कहिल्यै पुग्दैन मानिस नमरुन्जेलसम्म उसले सुख खोजिरहेको हुन्छ तर सुखकोअनुभुती गर्न पाउदैन किनकि मानिसको जीवनमा एकपछि अर्को ईच्छाहरु आफै उत्पन्न हुन्छन्।

सबै मानिसले खोज्ने र आवश्यकिय बस्तु सुख हो।तर वास्तविक रुपमा सुख भनेको के हो तरुके तपाईंसग यसको कुनै विस्तृत अर्थ छ तरु अवस्य पनि छैन किनकि मानिसले जतिसुकै मिहिनेत गरेपनि वास्तविक रुपमा सुख कसैले पनि प्राप्त गर्न सक्दैन। जीवनमा हामी धन कमाउन कति तछाडमछाड गर्छौ हैरुतपाईंहरुले कतै देख्नुभएको छ कुनै मानिसको मृत्युु हुदा दाउरा वा ईलेक्ट्रिक मेसिनको सट्टा पैसाले जलाएको अह कतै देख्नुभएको छैन किनकि मर्नेले कमाएको भए पनि त्यो पैसा बाचेकाका लागि पुन सुख सयलको बाटो हुन सक्छ तर उसले चाहेको सुख जवसम्म स्वार्गारोहण हुदैन तवसम्म प्राप्त गर्न सक्दैन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend