logo
  • सोमबार, असोज १२ २०८३

अफगानिस्तानमा ६ हजारभन्दा बढी पाकिस्तानी आतंकवादी रहेको संयुक्त राष्ट्रसंघको खुलासा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

एजेन्सी, साउन १०।
पाकिस्तानमा तयार हुने आतंकवादीलाई लिएर सयुक्त राष्ट्रसंघले सनसनीपूर्ण खुलासा गरेको छ । संयुक्तराष्ट्रसंघको एक प्रतिवेदनका अनुसार ६ हजार देखि साढे ६ हजारसम्म पाकिस्तानी आतंकवादी छिमेकी देश अफगानिस्तानमा रहेका छन् ।

यीमध्ये धेरैजसो आतंकवादी तहरिक ए तालिबान पाकिस्तान (टीटीपी)को पक्षमा रहेको र ती दुइटै देशको लागि खतरा भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । प्रतिवेदनका अनुसार यी आतंकवादी समूह तालिबानबाट सञ्चालित छन् । तर केही आतंकवादी संगठन भने आईएसआईएलसँग गठबन्धन गरेर चलिरहेको जनाएको छ ।

प्रतिवदेनका अनुसार तालिबान अफगानिस्तानका विभिन्न १२ प्रान्तमा गोप्य रुपमा सक्रिय रहेको छ भने यसका नेता आइमान अल जवाहिरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend