logo
  • सोमबार, असोज १२ २०८३

काेराेना भाइरस नियन्त्रणमा खर्चिएकाे रकमकाे विवरण माग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पाेखरेल, गुल्मी साउन ९ ।
गुल्मीका स्थानीय तहमा काेराेना नियन्त्रणमा खर्चिएकाे रकमकाे माग गरिएकाे छ । सुशासन पर्वद्दनका लागि जिल्ला स्तरीय नागरिक सञ्जाल गुल्मीले अायाेजना गरेकाे एक अन्तरक्रियात्मक कार्यक्रममा खर्च विवरण सार्वजनिक गर्न माग गरिएकाे छ । त्यसका साथै स्थानीय तहले सार्वजनिक सुनुवाई नगर्ने, याजनाकाे छनाेट, बजेट बिनियाेजन, अनुगमन र भुक्तानी आफै गर्ने, न्यायिक समितिले भरपर्दो तरिकाले काम नगर्ने जस्ता समस्या देखिएकाे बताइएकाे छ ।

स्थानीय तहले सार्वजनिक सुनुवाई गर्न छाेडे, जसले गर्दा जनताका गुनासा बाहिर आउन सकेका छैनन् । नागरिक समाजका संयाेजक पदम प्रसाद पाण्डेले भने, `संविधाले व्यवस्था गरेका अाधारभूत बिषयहरू पनि पालना नगर्दा समस्या बल्झिदै गएकाे छ । त्यसका साथै उनले काेराेना काेषमा खर्च गरेकाे रकमकाे हिसाब नदेखिएको, याेजनाकाे अनुगमन र भुक्तानीमा फितलाेपन देखिएकाे, उचित प्रक्रियाबाट निर्णय गर्ने न्यायिक समितिले विवादित मुद्दाका बिषयहरू सर्वदलिय प्रक्रियाबाट टुंगाएकाे जस्ता बेतिथि रहेकाे धारणा राखे ।

त्यस्तै बेरूजु बढ्दै गएकाेले पनि स्थानीय तहहरू र नागरिक थप सचेत बन्नुपर्ने उनले बताए । गैर सरकारी संस्थाका अध्यक्ष्य विष्णु भण्डारीले केही स्थानीय तहका वडाध्यले आफुले सर्वैसर्वा ठान्ने प्रवृत्ति रहेकाे बताए । अहिलेसम्म कुनै पनि स्थानीय तहले काेराेना नियन्त्रणमा खर्चिएकाे रकम सार्वजनिक नगरिनु दुखद् र सुशासनमाथि प्रश्न उठाउने काम रहेकाे उनले बताए । महिला अधिकारकर्मी कमला बरालले लकडाउनकाे समयमा हिसांमा परेका महिलाहरूले उजुरी समेत दिन नपाएको गुनासाे गरिन् ।

उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दुर्गाप्रसाद पाण्डेले स्थानीय तहमा काेराेना काेषमा जम्मा गरेकाे र खर्च गरेकाे रकम छिटोभन्दा छिटाे सार्वजनिक हुनुपर्ने बताए । त्यसका साथै मालपाेत कार्यालयमा प्रमुख नै नभएकाे, राजनीतिक दलका नेताले विभिन्न कार्यालयमा इन्धन माग्ने प्रवित्ति रहेकाेले यस्ता समस्या समाधान गर्नुपर्ने धारणा राखे । कार्यक्रममा स्थानीय तहमा आइपर्ने विभिन्न विपत्तिहरूमा गरिने राहत वितरण एकद्वार प्रणालीबाट गरिनुपर्ने, स्थानीय तहमा मेलमिलापकर्ता छनाेट गर्नुपर्ने जस्ता बिषयले प्राथमिकता पाएका थिए ।

कार्यक्रममा सुशासन अभियान गुल्मीका अध्यक्ष श्याम पाण्डे, एकीकृत ग्रामीण विकास समाजकी उपाध्यक्ष भगवती श्रीस, संस्थाका सदस्य अाेम कार्की, हिरा कुँवर, कार्यकारी निर्देशक कृष्ण विश्वकर्मा, पत्रकार हुमाकान्त पाेखरेल, सामुदायिक सञ्चारकर्मी अम्बिका अाचार्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend