logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल महिला संघ जिल्ला कार्य समिति गुल्मीद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सूर्य सुनार,गुल्मी साउन ९ ।

नेपाल महिला संघ जिल्ला कार्य समिति गुल्मीले आज एक कार्यक्रमका बीच प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । गीता कोइराला को मुद्धामा किटानी दोषी ठहरिएका पूर्व डि.आई.जी.रञ्जन कोइरालाको पक्षमा प्रधान न्यायधिस चोलेन्द्र शमशेर र तेज बहादुर के.सी.को इजलासले गरेको फैसलाले नेपालको संविधान, न्यायलय र न्यायको धज्जी उठाएको भन्दै प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।आज जिल्ला प्रशासन गुल्मीको अगाडि नेपाल महिला संघ जिन्दावाद, भ्रष्ट न्यायधिस मुद्धावाद, महिला हिसा अत्य गर, गीता कोइरालालाई न्याय देए लगाएतका नारा लगाएका थिए । देशको तीन अङ्गमध्ये कार्यपालिका र व्यावस्थापिका राजनितिक हुन् । यी बाट उपेक्षित नागरिकले आफनो अन्तिम आशा अदालत माथि राखेको हुन्छ् । तर अहिले भने अदालत नै पक्षपाती बन्न गएको कुरा सभापति लक्ष्मी पाण्डेको हस्तक्षेण ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रधान न्यायधिसको कार्यक्षमता कमजोर रहेको र नियत पनि गलत देखिएकाले तत्काल संसदबाट महाअभियोगको मुद्धाबाट कारबाही हुनुपर्नेमा महिला संघ जिल्ला कार्यसमितिले सरकार संग माग गरेको छ ।

विगतका निर्मला हत्या काण्ड लगाएतका अन्य महिला हिंसाका मुद्धाहरु ओझेलमा पर्ने र गलत फैसला आउने तर्फ आशंका बढाएकाले त्यसतर्फ सचेत गराउँदै पिडित स्व.गीता कोइरालाको न्यायको लागि जोडदार माग गरेको छ ।

ज्ञापन पत्र-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend