logo
  • सोमबार, असोज १२ २०८३

कर्मचारी संगठनद्वारा पहिरो पीडितलाई सहयोग 


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी साउन ९ ।
मुसिकोट र इस्माका पहिरो प्रभावितलाई नेपाल निजामती कर्मचारी संगठन गुल्मीले सहयोग गरेको छ । संगठनले दुई स्थानीय तहको बिपद व्यवस्थापन कोषमा २०/२० हजार प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपद व्यवस्थापन समिति अध्यक्ष भरतकुमार शर्माको रोहवरमा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा र इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टलाई चेक हस्तान्तरण गरिएको संगठनका उपाध्यक्ष बोम अर्यालले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष रामप्रसाद पन्थी, केन्द्रिय उपाध्यक्ष तथा प्रदेश ५ संयोजक दधिराम मरासिनी, पुर्व अध्यक्ष भक्तिराम मरासिनी र अन्य पदाधिकारीहरुको उपस्थिति रहेकी थियो ।   चेक बुझ्दै मुसिकोट नगरपालिकाका मेयर सापकोटाले राष्ट्र सेवा संगै बिपदले दुखमा परेका नागरिकलाई संगठनले गरेको सहयोग महत्त्वपूर्ण भएको बताए ।
त्यस्तै संगठनका जिल्ला अध्यक्ष पन्थीले रकम सानो भएपनी दु:खमा हामी पनि छौ भन्नका लागि सहयोग गरिएको बताए । संगठनले आफ्नो स्थापना दिवस तथा सहिद मनोज झपेन्द्र स्मृति दिवस्मा वृक्षारोपण, कारागारका कैदी बन्दीलाई सहयोग र अस्पतालमा बिरामीलाई फलफूल वितरण गर्दै आइरहेको छ । आगामी साउन १५ गते कर्मचारी आन्दोलनमा सहिद भएका सहिद मनोज झपेन्द्रको स्मृति दिवसमा उपल्लो तम्घास माबिमा फरक क्षमता भएका विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend