साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी साउन ०८ ।
नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूका केन्द्रिय सदस्य घनश्याम खरेलले एक विद्यार्थीको एक बर्षको सम्पूर्ण शैक्षिक खर्च आफुले व्यहोर्ने घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर धुर्कोट गाउँपालिका ४ जैसिथोक निवासी स्व. भोजेन्द्र नेपालीकी छोरी पाञ्चायन माध्यमिक विद्यालयमा कक्षा के.जी.मा अध्ययनरत छात्रा मनिका नेपालीको चालु शैक्षिक सत्रको सम्पूर्ण खर्च आफुले व्यहोर्ने घोषणा गरेका हुन ।
जसअन्तरगत एक बर्षलाई पुग्नेगरी कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री बिहिबार नै गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, नेकपा धुर्कोट गाउँपालिका अध्यक्ष गोपाल कुँवर, जैसिथोकका वडाध्यक्ष मान बहादुर कुँवर, नेकपा जैसिथोक वडा कमिटी अध्यक्ष पूर्ण प्रसाद पोखरेल लगायत स्थानीय समाजसेवीहरुको रोहवरमा परिवारलाई प्रदान गरिएको छ । भने आवश्यक ड्रेस, झोला लगायतका अन्य सामग्री केही दिन भित्रै उपलब्ध गराउने खरेलले बताए ।

त्यसका साथै विद्यालयमा लाग्ने आवश्यक शुल्क पनि विद्यालयको खातामा जम्मा गरिदिने र मनिकाको अध्ययनको लागि यो बर्ष परिवारको तर्फबाट कुनै शुल्क नलाग्ने गरी सम्पूर्ण व्ययभार आफुले व्यहोर्ने खरेलको भनाई छ । मनिकाका बुबा भोजेन्द्रको दुई बर्ष अगाडी भारतमा निधन भएको थियो ।
आर्थिक अभावका कारण जीविकोपार्जन गर्न समेत गाहे भइरहेको अवस्थामा सहयोग गरेकोमा मनिकाका हजुरबुबा नर बहादुरले धन्यवाद् दिए । नेता खरेलले गत बर्ष पनि आफ्नो जन्मदिनको अवसरमा आशा अपाङ्ग केन्द्रलाई लत्ताकपडा सहयोग गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend