logo
  • सोमबार, असोज १२ २०८३

सूर्या लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी रकम प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल,गुल्मी साउन ७ ।

सूर्या लाइफ इन्स्योरेन्स जिल्ला शाखा गुल्मीले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । धुर्कोट गाउँपालिका २ पिपलधारा निवासी बिमला जोगी कुँवरका छोरा युवराज जोगी कुँवरलाई बुधबार मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो । मृतक कुँवरले तीन बर्ष अगाडी १५ बर्षको लागि एक लाख ५० हजारको सुर्या संरक्षित साबधिक जीवन बीमा योजना अन्तरगत बीमा गराएकी थिइन् । हालसम्म उनले ३३ हजार १११ कम्पनीमा बुझाएकी थिइन् । जसबापत कम्पनीले नियमअनुसार एक लाख ७१ हजार छ सय रुपैँया मृतकका छोरालाई प्रदान गरेको शाखा प्रमुख अर्जुन पोखरेलले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका एजेन्सी म्यानेजर लक्ष्मी पोखरेल, मनिसा पोखरेल, एलिजा थापा श्रीस, अभिकर्ता रस्मिता भण्डारी, गिता थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend