साझा नेटवर्क
यमलाल भुसाल, बुटवल साउन ५ ।
३८ औं वीपी स्मृति दिवसो उपलक्ष्यमा वीपी विचार समाज बुटवलउपमहानगर समितिद्धारा १ हजार थान मास्क वितरण गरिएको छ ।

बुटवलको राजमार्ग चौराहामा सोमवार विहान आयोजना गरिएको मास्क वितरण कार्यले कोभिड १९ वाट बच्नका लागि अनिवार्य मास्क प्रयोग गर्न भौतिक दुरी कायम गरि काम व्यवहार चलाउन र सावुन पानीले अनिवार्य पटक पटक हात धुने विषयलाई आत्म साथ गर्नका लागि कार्यक्रममा सहभागिहरुले जोड दिएका थिए ।
सडक यात्रु , पैदल यात्रु सुरक्षा कर्मीलाई मास्क प्रदान गरिएको वीपी विचार समाज बुटवलउपमहानगर समितिका अध्यक्ष नारायण अधिकारीले बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण र वीपी विचार समाजका उपाध्यक्ष जाकिर हुसेनले कोभिड १९ ले पारेको प्रभावले आम नागरिकमा क्रास कायमै रहेकोले उक्त माहामारीवाट बच्ने उपाएहरुलाई आत्म साथ गर्न आह्वान गर्नु भयको सचिव जय प्रकास भट्रराईले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend