साझा नेटवर्क
सुवास बि.सि गुल्मी साउन ५ ।
स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडले एक महिनाको घर भाडामा छुट पाएको छ ।
गुल्मी जिल्ला गुल्मीदरबार गाउँपालिका वडा नं.३,गौडाकोट शाखाले असार महिनाको घर भाडामा छुट पाएको शाखा प्रबन्धक थान प्रसाद डुम्रेले बताउनुभयो ।

गुल्मीदरबार –३,गौडाकोट निवासी घरधनी व्यवसायी तथा समाजसेवी विष्णु परियारले एक महिनाको घरभाडामा छुट दिनुभएको हो ।
कोरोना भाइरसका कारण जनजिवन प्रभावित भएको समय केही घरबेटीले भाडा नदिएको निहुमा घरबाट निकाल्ने,सुविधाबाट वञ्चीत गर्ने जस्ता कार्य गरेको समयमा परियारले सामाजिक दायित्व पुरा गरेकोमा डुम्रेले धन्यवाद दिनुभएको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका –२६ विजयपुरमा केन्द्रिय कार्यालय रहेको संस्थाले १० जिल्लामा २० शाखा कार्यालयहरुबाट आफ्ना ग्रहकहरुलाई वित्तिय सेवा प्रदान गरेको डुम्रेले बताउनुभयो । बुटवल ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend