साझा नेटवर्क
साझा नेटवर्क,प्यूठान साउन ४ ।
प्युठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मृतक सातै जनाको पहिचान खुलेको छ । भिग्री –स्वर्गद्धारी सड्कखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं ५ बाईजाका अन्दाजी २१ वर्षिय सागर बस्नेत, २४ वर्षिय रिमबहादुर बस्नेत, १९ वर्षिय बिरेन्द्र बाठामगर, १९ वर्षिय थमन बाठामगर, २५ बर्षिय कबिराम बस्नेत, गोर्बधन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
त्यस्तै ट्याक्टर दुर्घटनामै परि चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षिय कमल कुवरको पनि मृत्यु भएको उहाँले बताउनुभयो ।
स्वर्गद्धारी नगरपालिका ३ रुमालेमा गएराती १२ ः ५५ बजेको समयमा लु २ च ४२३४ नं ट्याक्टर दुर्घटना भएको हो । साउनेसक्रान्ती मानेर स्वर्गद्धारी धरमपानीदेखी भिग्री तर्फ आउदैँ गरेको ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टर सड्कबाट अन्दाजी पाँच सय मिटर तल खसेको छ ।
शवको उद्धारपछि कानुनी प्रक्रिया अनुसार आफन्तीलाई बुझाउने प्रहरी निरिक्षक पौडेलले बताउनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend