साझा नेटवर्क
महेश बोहरा बुटवल, श्रावण २८।
बुटवल १३ कालिकानगरमा एक महिलाको रहस्यमय तरिबाले हत्या भएको छ । गएराती करिब ९ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।तिलोत्तमा नगरपालिका ८ घर भए हाल बुटवल कालिका नगरमा कोठा भाडामा बस्दै आएकी ४० बर्षिय कमला न्यौपानेको हत्या भएको हो ।
घांटीमा मल्टिप्लकको तारले बेरिएको अबस्थामा रुमभित्र रहेको लो बेड मुनि कमलाको शब आज बिहान ८ बजेफेला परेको इलाका प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर राजु कार्कीले जानकारी दिए । कमलाका श्रीमान् नित्यानन्द न्यौपाने भने हिजै बिहान जुत्ता खरिदका लागि काडमाडौं गएका थिए ।
उनका श्रीमान् जुत्ताको होलसेल ब्यापारी समेत हुन् । उनीहरुको बुटवलकै जेसिजचोकका होलसेल पसल रहेको छ । कमलाका ८ बर्षका एक छोरा र १० बर्षकी १ छोरी रहेका छन् ।घटनाको बारेमा थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend