साझा नेटवर्क
गुल्मी, साउन ३ ।
परराष्ट्रमन्त्री तथा क्षेत्र न १का सांसद समेत रहेका प्रदिप ज्ञवालीले महाधिबेशन सम्म एकताको मर्म अनुरुप दुबै अध्यक्ष चल्नुपर्ने बताएका छ्न । गुल्मी जिल्लामा आज पिसिआर मेशिन हस्तान्तरण पछि पार्टी कार्यालयमा रेसुङ्गा नगर कमिटिद्वारा आयोजित कार्यक्रममा बोल्दै कम्युनिस्ट पार्टीमा एकिकरणको संक्रमणकालिन ब्यबस्था अनुसार दुई अध्यक्षको ब्यबस्था भएकोले एक अर्कालाई हटाउन नसक्ने र हटाएमा एकताको शर्त पालना नहुने समेत बताए ।

कार्यबिभाजन स्पष्ट गर्नुपर्ने भए वा जिम्मेवारी थप परिभाषित गर्नुपर्ने भए गर्नुपर्ने बताउदै “दुबै अध्यक्ष महाधिवेशनबाट आएको हुँदा एकीकरणको चरणमा अल्पमत वा बहुमत हुने बित्तिकै कोहि हट्न सक्दैन” उनले भने – अन्तरिम बिधान अनुसार दशौ महाधिवेशन एकताको अधिबेशन हुने उल्लेख भएको अबस्थामा शर्त पालनामा दुबै अध्यक्ष इमानदार हुनैपर्छ ।छिटोभन्दा छिटो दशौ महाधिवेशन सम्पन्न गर्न लाग्नुपर्छ ।
ज्ञवालीले विश्व कम्युनिस्ट रक्षात्मक भइरहेको अबस्थामा नेपालमा कम्युनिस्ट पार्टीप्रती आम जनताको बिश्वास रहेको उल्लेख गर्दै जनमतको अपमान हुनेगरी नेतृत्व अघि बढन नहुने बताए ।उनले जनताले पहिलो स्थायित्व र दोस्रो समृद्धिका लागि नेकपालाइ बहुमत दिएको हुँदा नेता,कार्याकर्तालाइ एकतामा जोड दिन समेत आग्रह गरे ।उनले थपे-“कहिले अधेरी कहिले जुनेली पार्टी जिवनमा हुन्छ,तसर्थ कार्यकर्ता पक्ष विपक्षमा नलागी एकताको निम्ति लाग्नुपर्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend