logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा मास्क नलगाए १ सय जरीवाना


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी साउन ३।
गुल्मीमा मास्क नलगाई घरबाहिर हिडनेलाई १ सय जरिमाना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी सरोकारवालासँगको छलफल पछि कोरोना भाइरसको संक्रमणको जोमिख कायमै रहेकाले घरबाहिर निस्किदा अनिवार्य मास्क लगाउनु पर्ने निर्णय गरिएको हो ।

यदि कसैले नलगाई घर बाहिर निस्कने, सडक तथा सार्वजनिक स्थानमा भिडभाड गर्ने तथा सेवाप्रदायक कार्यालयहरुमा प्रबेश गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिई १ सय रुपैयाँ जरिमाना गरिने र सचेतना गराउने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।

प्रशासनले गुल्मी उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श सहमतीमा अत्याबश्यक सेवाका बाहेर अन्य पसल तथा व्यवसायहरु प्रत्येक दिन बिहान १० बजे देखि ५ बजेसम्म मात्रै खोल्ने निर्णय गरेको छ । त्यस्तै क्वारेन्टिनको रुपमा प्रयोग भई हाल खालीरहेका बिद्यालयहरुलाई सम्बन्धीत पालिकाहरुबाट सेनिट्राइजिङ्ग मर्मत सम्भार तथा सरसफाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

बन्दा-बन्दीको मौका छोपी यात्रुहरुबाट अत्याधिक भाडा लिएको गुनासो आएकाले तेसो गरेको पाइएमा तत्काल गाडी नम्बर सहित नजिकैको प्रहरी चौकीमा खबर गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend