logo
  • सोमबार, असोज १२ २०८३

तिलोत्तमाको सडकमा ७ प्रजातीका ३ सय फुल रोपियो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

यमलाल भुसाल, वुटवल साउन ३ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा गठित दक्षिण टोल विकास संस्थाद्धारा विभिन्न ७ प्रजातीका ३ सय पुष्प बृक्ष रोपण तथा नियमित सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । समुन्नत सुरक्षित र वातावरणमैत्री सुन्दर शहर,सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर“भन्ने नारालाईसाकार रुप दिन टोल र समुदायलाई सफा सुघर ,सुन्दर बनाउने अभियानलाई आत्म साथ गदै पुष्प बृक्ष रोपण गरिएको हो ।

शनिवार नगरपालिकाको कुंजलापुर चोक देखी १२ न मणिग्राम चोक सम्मको १ किलोमिटर दुरीको सडकको दुवै साईडमा पुष्प वृक्ष रोपण तथा सरसफाई गरिएको हो । सस्थाले आगामीदिनमा हरेक महिनाको १५ गतेलाई नियमित सरसफाई अन्तर्गत राखि नगरपालिका र वड़ा सँग समन्वय गर्दै जाने लक्ष्य लिएको छ ।

उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेब घिमिरले नगरपालिकाको मुल मन्त्रलाई आत्म साथ गरि टोल विकास संस्थाले गरेको कामलाई निरन्त्रता दिन आह्वान गर्नु भयो । मेयर घिमिरेले नगरपालिकाको क्षेत्राधिकार भित्र गठित टोल विकास संस्थाहरुले सामाजिक कामलाई बढी ध्यान दिन जरुरी रहैको औल्याउनु भयो ।

संस्थाका अध्यक्ष सुन्दर प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष सुखदेव न्यौपाने कार्यक्रम संयोजक सालिकराम तिवारी कोषाध्यक्ष उमेश भुसाल संस्थाका सचिब सुमन के सी लगाएतले संस्थाले गरेका र भावि दिनमा गर्ने कामका वारेमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा वडाका बिभिन्न सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

संस्थाले आगामी दिनमा हरेक महिनाको १५ गते नियमित सरसफाई गर्ने गरि कार्यतालिका समेत तयार गरेको सचिव सुमन केसीले बताउनु भयो । नब गठित दक्षिण टोल बिकास सस्थाले कोभिड १९ को बारेमा पनि समुदायमा सचेतना सम्बन्धी कार्यक्रम गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend