साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं साउन २ ।
लोकप्रिय गायिका शितल शर्मा र प्रकाश पराजुलीको स्वरमा “शितलु” बोलको मौलिक तिज गीत सार्वजनिक भएको छ । गीतको शब्द सृजना चर्चित सर्जक नबराज पन्तले गरेका हुन भने संगीत प्रकाश पराजुलीकै रहेको छ ।
गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट देखिन्छन, मार्मिक कथा बस्तुलाई समेटेर तयार पारिएको गीतको म्युजिक भिडियो पनि उत्तिकै दमदार रहेको छ । मौसम हिमालीको निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई करन चैसिरले खिचेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् ।
भिडियोमा गरिमा शर्मा,निरु खड्का,शितल शर्मा,प्रकिश पराजुली,रबिन लामिछाने लगायत अन्य थुप्रै कलाकारको अभिनय रहेको छ । गित शितल शर्मा अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो हेरौ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend