logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको रेसुङ्गामा लाग्ने साउने मेलाका विशेष कार्यक्रम नहुने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार ३१ ।
धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गुल्मीको रेसुङ्गामा साउने मेलाका विशेष कार्यक्रम नहुने भएका छन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको सर्तकता अपनाउन चलेको लकडाउनले गर्दा साउनभर लाग्ने मेलाका विशेष कार्यक्रम नहुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए ।

जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा मन्दीर व्यस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गर्दथ्यो । धार्मिक स्थल रेसुङ्गामा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि मन्दीर व्यवस्थापन समितीले एक महिनासम्म धार्मिक प्रवचन सगै रुद्री, चन्डी शिवजीको दैनिक पुजा संञ्चालन भने यथावत रुपमा सञ्चालन हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष भुसालले जानकारी दिए ।

कोरोना भाइरसको संकंमणको सर्तकता स्वरुप साउनभर कसैले पूजाआज गर्न चाहे मन्दीर दर्शन गर्न ताहे मन्दिर परिसरमा तोकिएका सिमा रेखाबाट गर्न सकिने व्यवस्था मिलाइएको भुसालको भनाई छ । तर साउन महिनामा अघिल्ला वर्षहरुमा जस्तै बिशेष मेलाहरु भने नगरिने रेसुङ्गा संरक्षण समितिले जनाएको छ ।

                                                                        पोखरी

नेपालकै चारधाम मध्येकै एकधाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । अघिल्ला वर्षहरुमा साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने औषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दथ्यो ।

                                                                                 रेसुङ्गा क्षेत्र

धार्मिकस्थल रेसुङ्गामा रहेको भ्यूटावरबाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडिको यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ । केहिवर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुन । धार्मिकस्थल रेसुङ्गमा पुजा-आजा गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा आउने गर्दथे । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

के छ खास महत्व ?

धार्मिक एबं पर्यटकीय क्षेत्र प्रचुर मात्रामा प्रचार नहुँदा ओझेलमा परेको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेुसुङ्गा क्षेत्रमा भएका महत्वलाई जनमानसमा ल्याउन नसक्दा यसको महत्व ओझेलमा छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।

प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको पुराण बाचक चैतन्य कृष्णको भनाई छ । रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको छ । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै क्षेत्र भित्र पर्दछन् ।

रेसुङ्गामा द्वापर युग, त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको छ । सिद्धभूमि, तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर, यदुकानन्द, रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्यास्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्धस्थल बनेको रेसुङ्गा विभिन्न कालखण्डहरु पार गर्दै अहिले सुन्दर, पुण्यभूमि बनेको छ ।

समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend