logo
  • सोमबार, असोज १२ २०८३

विद्युत प्राधिकरण महसुल काउन्टर ५ दिनसम्म बन्द रहने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार ३१ ।
नेपाल बिद्युत प्राधिकरण गुल्मी बिरतण केन्द्रले आय संकलन काउन्टर बन्द गर्ने भएको छ । साउन १ गतेदेखि रिडिङमा लागू हुने गरी नयाँ बिद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर बिलिङ सिस्टममा एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले ५ दिन आय संकलन काउन्टर बन्द गर्ने गुल्मी बितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए ।

प्राधिकरणको जारी सूचना अनुसार असार ३१ गते देखि साउन ४ गतेसम्म संकलन काउन्टर बन्द गर्ने भएको छ । काउन्टर बन्दबाट ग्रहक वर्गमा पर्न गएको असुपबधा प्रति क्षमा प्राथी रहेको गुल्मी विरतण केन्द्रले जनाएको छ । साउन ५ गतेबाट भने नियमित सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend