logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार ३०।
गुल्मीमा करेन्टर लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिकामा वडा नम्बर–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षिय कुमारी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक पंकज  चुदालीले जानकारी दिए ।

मंगलवार दिउसो गोठमा बत्ती निभाउने क्रममा मुसाले काटेको जस्तो बिच बिचमा खाली तारमा छुदा ति महिलालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मृतक महिलाको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल पठाइएको प्रहरी निरिक्षक  चुदालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend