साझा नेटवर्क
सूर्य सुनार,गुल्मी असार ३० ।
मुसिकोट नगरपालिका वडा नम्बर ३ को हाट बजार अलपत्र परेको छ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ देवीस्थानमा रहेको हाटबजार अलपत्र परेको हो । मुसिकोट नगरपालिका वडा नम्बर ३ को हाट बजार कृषक विहिन स्थानीय तहको निर्वाचन भएपछि मुसिकोट नगरपालिकाको आर्थिक सहयोगमा उक्त हाटबजार बनेको हो ।
स्थानीय तहको निर्वाचन भए पश्चात भनाइएको हाटबजार अहिले सम्म पनि संचालनमा आउन सकेको छैन् । हाट बजार संचालनमा आउँला भने आस लागेको थियो तर स्थानीय जनप्रतिनिधिले नै त्यो हाट बजारलाई बेवास्था गरेको स्थानीय वसन्त रिजालले बताउनुहुन्छ । काम कति गनुपर्ने हो कति काम सकियो कति बजेट आएको हो भने कुरा त्यहाँका स्थानीय लाई थाहा नभएको स्थानीय रिजालले बताउनुभयो । कृषकहरुले कृषि काममा अनुदान मात्र पाउने तर सही उत्पादन मुखि कृषक हुन नसकेको कारणले हाट बजार संचालनमा आउन नसकेको वडाध्यक्ष कर्णध्वज जिसीले बताउनुभयो । अनुदानको समयमा अनुदान लिन पछि नहटने कृषकहरुले देविस्थानको हाट बजार संचालनमा आउन नसक्दा आफु लाई दुख लागेको वडाध्यक्ष जिसीले बताउनुभयो ।
अहिले वर्षाको समय भएकाले हाटबजार संचालनमा आउन समस्या हुने वडाध्यक्ष जिसीको भनाइ छ । कसरी हाट बजार संचालनमा लिन सकिन्छ भने विषयमा वडा कार्यालयमा कृषकहरुलाई बोलाई छलफल गर्ने पनि जिसीले बताउनुभयो । राज्यको रकम यसरी दुरुपयोग हुनु, को कारणमा कृषकहरुको उत्पादन मुखि व्यवसायमा आत्मा निर्वाह नहुको कारण पनि एक हो । गरिबी जनता लाई कसरी छाक टार्ने हो भने विषयमा दिनहुँ समस्या परेको छ । यसरी राज्यको रकम अलपत्र हुनुमा दुखनिय विषय हो । अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यान जानु पर्ने देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend