साझा नेटवर्क
सूर्य सुनार,गुल्मी असार ३० ।
नेकपा गुल्मीले सोमबार मुसिकोट नगरपालिका वडा नम्बर २ मा गएर पहिरो पिडित लाई आर्थिक सहयोग गरेको हो ।
अविरल वर्षाका कारण गत असार १८ मा पहिरोले मुसिकोट नगरपालिका वडा नम्बर २ का २०५ घर पूर्ण रुपमा क्षती भएको थियो । पहिरो प्रभावित क्षेत्रमा राहत बितरण कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ क सांसद दिनेश पन्थीले पहिरोले जोखिमपूर्ण अबस्थामा रहेका बस्तीहरलाई सुरक्षित स्थानमका सार्नको लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो । बिपदको यस दुखद घडिमा तिनै तहको सरकार लागि पर्ने संसद पन्थीले बताउनु भयो । कार्यक्रममा नेकपा गुल्मीका अध्यक्ष मधुकृष्ण पन्तले यो विपदको समयमा पाटीले सानो सहयोग गरेपनि तर पाटी तपाईहरुको साथमा रहेको कुरा बताउनुभयो । पहिरोले धेरै जनधनको क्षती भएकाले त्यसमा मलम लगाउनको निम्ति भएपनि साने सहयोग गरेको अध्यक्ष पन्थले बताउनु भयो ।
आर्थिक राशी जसमा ३५ हजार रहेको थियो । विपद कुनैपनि बेला आउन सक्ने भएकाले पहिरो प्रभावित क्षेत्रमा अध्ययन गरेर मात्रै बसोवास गर्नुपर्नेमा अध्यक्ष पन्थले जोड दिनुभयो । पहिरोमा एक जना पुरुष बेपता भएका थिए । भने अर्का एक जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ । पहिरोबाट बिस्थापीत ८० घर धुरीलाई विद्यालयमा बस्नको व्यवस्थापन गरिएको वडा सचिब दामबहादुर सोमैले जानकारी दिनुभयो । नेकपा गुल्मीले गरेको आर्थिक सहयोगमा नगरपालिका प्रति मलाम लगाउने काम भएको भन्दै नगरप्रमुख सोमनाथ सापकोटाले धन्यवाद व्यक्त गनुभयो । बाहिराबाट आउने सहयोग भन्दा पनि हामी कसरी एक आर्का लाई सहयोग गर्न सकिन्छ भने विषयमा चिन्तन गर्न नगरप्रमुख सापकोटाले सहयोगको भावना देखाउन आग्रह गर्नुभयो ।
नेकपा पाटीमा सम्पर्क मञ्च बुटवल,काठकाडौँकाले पनि आर्थिक सहयोग उठाउने काम भइरहेको नेकपा पाटीका जिल्ला सदस्य हिरा यसीले बताउनुभयो । उनीहरुलाई हिद महिनामा मुसिकोट र इस्माका मानिस लाई सुरक्षित बसोबासको व्यवस्थापन गर्ने यसीले बताउनुभयो । नेकपा गुल्मीले इस्मा गाउँपालिकामा पनि गएर आर्थिक सहयोग गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टलाई नेकपा अध्यक्ष मधुकृष्ण पन्तले हस्तान्तरण गर्नुभएको हो । आर्थिक राशी ७० हजार रहेको थियो । पाटीले एकद्धार प्राणली बाट सहयोग गर्ने र गाउँपालिकाको विपद कोेषमा जम्मा हुने नेकपा जिल्ला सदस्य हिरा यसीले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend