logo
  • सोमबार, असोज १२ २०८३

सामुदायिक रेडियो स्काईको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी असार २९ ।

गुल्मी जिल्लाको पहिलो सामुदायिक रेडियो , रेडियो स्काइ ९०.४ मेगाहर्जले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।२०६७ सालमा स्थापना भएको रेडियोले सामाजिक सदभाव र आर्थिक समृद्धिका लागि समावेशी आवाज नामको आफनो छुट्टै किसिमको नारा समेत कायम गरेको छ । जुन रेडियोले विगतका दिनदेखी हालसम्म पनि श्रोताको मन जित्न सफल भएको छ । उक्त रेडियोले श्रोताको मनोरञ्जनको लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम ,समाचार र विज्ञापन मार्फत थप मनोरञ्जन समेत प्रदान गरेको छ । सो कार्यक्रममा रेसुङगा नगरपालिकाका मेयर डिल्ली राज भुषालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मेयर भुषालले भन्नुभयो ,सञ्चार माध्यमको सबैलाइ आवश्यकता पर्दो रहेछ , सबैको आवाज बुलन्द गर्ने यस सामुदायिक रेडियो लाई आफनो तर्फबाट पनि सहयोग रहने छ भन्दै उहाँले रेडियोको थप प्रगतिको कामना समेत गर्नुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै सामुदायिक रेडियो स्काईका सञ्चालक समितिका अध्यक्ष शालिक पन्थीले सामुदायिक रेडियो समाजको रेडियो भएको कारणले नाफामुलक नभएर समाजको घटेका बिभिन्न घटनाहरु र समाजका प्रति न्याय गर्ने विषयमा रेडियो अग्र पंक्तिमा रहेको र समाजमा लुकेका आवाजलाइ बुलन्द गर्न समेत यस रेडियो तत्पर रहेको बताउनुभयो । उक्त कार्यक्रममा रेसुङगा नगरपालिकाका मेयर डिल्लीराज भुषाल सँगै रेडियोका सञ्चालक समितिका अध्यक्ष शालिक पन्थी , उपाध्यक्ष हरिबहादुर के सी सचिव गोबिन्द गौतम, रेसुङगा नगरपालिकाका वडा ३ का वडाध्यक्ष थम्मन बहादुर केसी र सम्पुर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend