साझा नेटवर्क
दिपेन्द्र खत्री, गुल्मी असार २५ ।
गुल्मी जिल्लाकाे सदरमुकाम तम्घास नजिकै रहेको ह्वाक्ने छहरा पर्यटकिय गन्तब्य बन्दै गएकाे छ । उक्त छहरा जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्वर:१० मा अबस्थित छ । उक्त छहरा गत वर्षकाे भदौ–असोजमा मात्रै बग्न सुरु हुन्थ्यो, तर याे बर्ष चाहिँ अविरल बर्षाका कारण असार मै वग्न थालेकाे हाे ।

उक्त छहरा स्वरुप परिवर्तन भएपछि नागरिककाे आकर्षणको केन्द्र बनेको हाे । बर्खा सुरु भएसंगै वर्षा धेरै मात्रामा परेकाे छ,जस्ले गर्दा पानीको सतह बढेपछि छहराको सुन्दर दृश्य बनेको छ । सदरमुकाम तम्घास वाट अबलोकन गर्न करिब ५ कि,मी काे दुरीमा रहेकाे उक्त छहरा तम्घास–रिडी सडक खण्डको नजिकै रहेकाले पनि धेरैको नजरमा पर्दछ ।
गत बर्ष याे समयमा सुख्खा रहने छहरा यस वर्ष असार १५ अघि नै बग्न थालेकाे छ, जस्ले गर्दा मानिसहरु अवलोकनकाे लागि दैनीक बड्दै गएकाे स्थानीय काे भनाई छ । उनीहरु छहरालाई पृष्ठभूमिमा राखेर फोटो खिच्ने गर्दछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend