logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार २५ ।
गुल्मीमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा धुर्कोट गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

थपिएकाहरुमा २० र २३ वर्षकी महिला र २१ र ३४ वर्षका पुरुष रहेका छन् । थपिएका संक्रमित अनुसार जिल्लामा ३४८ जना पुगेका छन् । संक्रमित कुल २६५ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाबाट १ हजार ७ सय ६८ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३०३ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend