साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी असार २४ ।
गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं ६ खडगकोट खमरिपाटामा दुर्घटना भएको छ । पुर्तिघाटबाट छापचौर तर्फ जाँदै गरेको लु १ च ६७५३ नम्बरको डबलक्याप जिप दुर्घटना भएको हो । दुर्घटनामा परी १० जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।
पानी परिरहेको र बाटोमा हिलो भएका कारण जिप चिप्लियर दुर्घटना हुन पुगेको हो । करिव रातको ९ बजे तिर दुर्घटना भएको उक्त जिप सडकबाट करिव ६० मिटर जति तल खसेको बताइएको छ ।
उक्त जिपमा सवार रहेका १० जना यात्रु मध्ये भिम बहादुर विस्वकर्माको अवस्था गम्भीर रहेको छ भने अन्य यात्रुको हात र टाउकोमा चोट लागेको छ । घाईतेलाई थप उपचारको लागि पाल्पा पठाईएको पुर्तिघाट प्रहरी चौकिले जानकारी दिएको छ ।
घाईते हुनेहरुमा मनिष थापा, जमुना थापा, नन्दकुमारी थापा, चन्द्र बहादुर थापा, सीता थापा, उमा थापा, जापान थापा, सुमन बिस्वकर्मा सबै खनियापाटाका रहेका छन । चालक भिम सिजापती पनि सामान्य घाईते भएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend