logo
  • सोमबार, असोज १२ २०८३

नगर उपप्रमुख आचार्यद्धारा मरन्ठाना कृषि स्मार्ट कार्यक्रमकाे अवलोकन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

रमेश गिरि,प्यूठान असार २३ ।

नगर उपप्रमुखद्धारा मरन्ठाना कृषि स्मार्ट कार्यक्रमकाे अवलोकन भएकाे छ । व्यवसायी कृषि गर्ने किसानले राज्यबाट प्राप्त भएकाे अनुदान पाए नपाएकाे बुझ्न प्युठान नगरपालिकाका उपप्रमुख शान्ता अाचार्य सहितकाे प्राविधिक टाेलीले प्युठान नगरपालिकाका वडा न . ९ र १० मा भएका सिंचाइ कुलाे, सुधारिएको भकाराे, प्लास्टिक घर, मलखाद, कृषि नर्सरी लगायतका क्षेत्रमा स्थलगत अवलोकन गर्नु भएकाे छ ।मरन्ठानाकाे कृषि स्मार्ट कार्यक्रमले ५३ लाख २६ हजार २ सयकाे लागतमा कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त रकम मध्ये प्युठान नगरपालिकाकाे १० लाख ९२ हजार ८ सय ५४ रूपैया लगानी छ । स्थलगत अवलोकनका क्रममा ९ वटा सिंचाइ कुलाे , ४० वटा सुधारिएको भकाराे , ४० वटा प्लास्टिक घरमा उत्पादित तरकारी खेतीकाे निरिक्षण गरिएकाे थियाे । अवलोकनका क्रममा धेरै प्लास्टिक घरमा गाेलभेडा खेती राम्राे भएकाे र केही किसानकाे प्लास्टिक घरमा गाेलभेडा खेती राम्राे नभएकाे भेटिएकाे थियाे ।अवलोकनकाे क्रममा किसानले तरकारी खेती राम्राेसँग भएता पनि बजारकाे व्यवस्था नभएकाेले यस विषयमा नगरपालिकाले अाबश्यक वातावरण मिलाउन अाग्रह गर्नु भएकाे थियाे । अनुगमन कार्यक्रममा प्युठान नगरपालिका वडा न. ९ र १० जनप्रतिनिधि , कर्मचारी , स्मार्ट कार्यक्रम प्रतिनिधिहरूकाे पनि सहभागीता थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend