साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी असार २३।
गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ दलुङका ६० बर्षिया भागिरथ घिमिरे बेपत्ता भएको पाचँ दिनसम्म पनि भेटिएका छैनन्।
असार १८ गते बिहिबार राति परेको अविरल बर्षासँगै बेपत्ता भएका घिमिरे अझैसम्म पनि भेटिन नसकेको स्थानीय महेन्द्र घिमिरेले जानकारी दिए। नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले कोदालो, फरुवा लगायतका सामग्री प्रयोग गरी खोजी गरेपनि फेला पर्न नसकेको घिमिरेले बताए।
सोमबार अबेरसम्म पहिरो गएको स्थानका साथै निस्ति खोलासम्म पुगेर स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाले खोजिकार्य गरेका थिए । मंगलबारबाट एक्सावेटर पनि प्रयोग गरिएको छ । माथिबाट पहिरो आएकोले उनलाई बगाएको हुनसक्ने घिमिरेले बताए। खोज्ने कार्य चालिरहेको बेला पानी परेको तथा प्रतिकुल मौसम भएकोले अप्ठ्यारो परेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी केदारनाथ पन्तले अहिले पनि नेपाली सेना र नेपाल प्रहरीको समुहले स्थानीयको सहयोगमा खोजिकार्य जारी राखेको बताए । तर धेरै दुर्गम बस्ती, फोनको टावरले काम नगर्ने र पहिरो गए आसपासका सडक अवरुद्ध हुँदा खोजिकार्यमा कठिनाई भएको पन्तले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend