logo
  • सोमबार, असोज १२ २०८३

पहिरोमा फसेकी महिलाको १८ घण्टापछि जिवितै उद्धार


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी असार २३।
गुल्मीको इस्मामा पहिरोमा फसेकी महिलाको १८ घण्टापछि जिवितै उद्धार गरिएको छ। मुसिकोट नगरपालिका २ की तारा कुमालको उद्धार गरिएको स्थानीय तथा रेसुङ्गा बहुमुखी क्याम्पसका स्वबियु सभापति श्रीराम महतले जानकारी दिए।

उनलाई मंगलबार दिउँसो साढे १ बजेतिर इस्मा गाउँपालिका १ हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको महतले बताए। सोमबार साँझ ६ बजेबाट पहिरोमा फसेकी कुमालको शरिर पुरै निलो भएको छ। उनी पहिरोले बगाएको खेतबारीको मकै लिन गएकी थिइन् । कुमाल मकै बोकेर फर्कने क्रममा पहिरोमा फसेको र रातिदेखि ठुलो पानीसंगै बगेको लेदोले थप पुरेपछि १८ घण्टासम्म कुनै उद्धार नभएको स्थानीय क्रृषिराम अर्यालले बताए ।

दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिहरुले पहिरोमा फसेको देखेपछि स्थानीय मिलेर कुमालको उद्धार गरिएको अर्यालले जानकारी दिए। हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध भएकाले उनलाई कुन माध्यमबाट अस्पताल पुराउने भन्ने बिषय अन्यौलमा परेको छ। एम्बुलेन्सको प्रर्वन्ध गरेर जानेसक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend