logo
  • शनिबार, साउन ९ २०८३

गायक ताराबिरलाई तिजले छोएपछि


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

रजिस्मा केसी,नयाँ दिल्ली
हिन्दू हरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा नेपालमा तिज गितहरुको बाढी नै आएको छ । नेपाली म्युजिक ईन्ड्रस्टी,नेपाली बजारहरु देखि लिएर सामाजिक सन्जालहरुका भित्ता तिजको रंगमा रंगिएका बेला पुर्बेली गायक ताराबिर पाण्डेलाई पनि तिजको नशाले छपक्कै ढाकेको छ ।636065892409790012

गायक पाण्डेले दिपा लामा सड्गै तिजको बेलामा स्वर भरेका मात्र छैनन आफै छमछमी नाचेका पनि छन । प्रनिता पाठकको शब्द रहेको एल्बममा लय गायक पाण्डे स्वयंको रहेको छ । चर्चित निर्देशक योदिन एम.एल साम्बाहाम्फेको निर्देशनमा बनेको एल्बममा सन्तोष राजबाहकले नृत्य निर्देशन गरेका छन । पुर्बेली लोकलयलाई अलिकति मोर्डन बनाएर एसपालिको तिजमा “तिजको बेला”पस्किएको छु । गायक ताराबिरले भने “सम्झिनुस यो तिजमा नेपाली नारीहरुलाई मेरो तर्फबाट उपहार हो” ।636065892755180033

छायाकार ज्ञानेन्द्र शर्माले शान्ता नेम्बाड,लक्की बाबा,रेजिना गिरी र राज केसीको नृत्यलाई गजबले छायांकन गरेका छन । शारदा डिजिटलले बजारमा ल्याएको उक्त एल्बममा अर्जुन पोख्रेलको सम्पादन रहेको छ भने लगभग सबै जसो एल्बमहरुमा एक साथ देखिने गायक ताराबिर पाण्डे र निर्देशक योदिन एमएल साम्बाहाम्फेको जोडीले एसपालि तिजमा कस्तो कमाल देखाउने हुन त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend