logo
  • सोमबार, असोज १२ २०८३

रेसुङ्गा नगरपालिकाद्वारा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी असार २१ ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आइतबार जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा १५ जना जेष्ठ नागरिकहरु लाई घर मै गएर सम्मान गरिएको हो ।सम्मान हुनेहरु लाई सम्मान पत्र, मायाको चिनो,फूलमालाले उनीहरु लाई सम्मान गरिएको हो । कोरोना भाइरसले गर्दा समय मै सम्मान कार्यक्रम गर्न नपाए पनि सामाजिक दुरी कायम गरेर आज उक्त कार्यक्रम गर्दा खुशी लागेको कार्यपालिका सदस्य शान्ती वि.क.सुनारले बताउनुभयो । कार्यक्रममा बोल्दै आज गुरु पुर्णिामा को पावन अवसर पारेर आफू भन्दा अर्गज लाई तथा आमा बुवालाई सम्मान गर्दा आफूलाई खुशी महसुस भएको वडाध्यक्ष थमन बहादुर के.सी.ले बताउनुभयो ।हामीले प्रत्येक वर्षा जेष्ठ नागरिक सम्मान गदै आएका थियौ यस वर्ष कोरोना भाइरसले गर्दा केही ढिलो वडाध्यक्षले के.सीले बताउनुभयो । कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्य,वडाध्यक्ष,वडा सचिब,कर्मचारी र पत्रकारको उपस्थित रहेको थियो । वडाध्यक्ष थमन केसी को सभाध्यक्ष रहेको कार्यक्रमको संचालन वडा सचिव धनश्याम खनालले गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend