साझा नेटवर्क
कमल पौडेल
वामीटक्सार, २० असार,
विहिवार रातिको भिषण वर्षाले ठाउँठाउँमा पहिरो जाँदा ग्रामिण सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् भने दर्जनौ घरहरु जोखिममा परेका छन्। मुसिकोट नगरपालिका वडा नं. २ को अधिकांश क्षेत्रमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ। हाँडिखोला क्षेत्रको पहिरोमा बेपत्ता भागिरथ घिमिरेको अवस्था अझै अज्ञात रहेको छ भने वडा नं. २ को विभिन्न क्षेत्रहरुमा पहिरोका कारण जनजिवन अस्तव्यस्त भएको छ। बाँचपाटा, बुढाथोक, पात्लाकोट, दुलुङ, ढुँगेपोखरी, बोक्सीओडार, खस्थोक अमराई, आरुपाटा, बतासेडाँडा, चित्रुङ, सारुटोला, भर्जुवा, पास्ती लगाएतका दर्जनौ क्षेत्रमा पहिरो खसेको छ वडा नं. २ मा मात्रै ५१ ओटा घरहरु जोखिममा परेका छन्।
हाँडिखोलामा २ ओटो भट्टी पुरेको छ भने ९ ओटा बंगाला, ४ ओटा गोठ र एउटा कुखुरा फर्ममा पूर्ण क्षेती भएको छ। पहिरोले विस्तापित भएका वडा सदस्य गोविन्द नेपाली सहितका १४ परिवारलाई नजिकैका विद्यालय तथा सुरक्षीत घरमा राखिएको र बाँकी घर परिवारलाई छिमेकिले आश्रय दिएका वडा सदस्य वावुराम खत्रिले जानकारी दिनुभएको छ। वडा नं. २ मा मात्रै ११ भैंसि, १४ बाख्रा पुरिएका वडा कार्यालयका महेन्द्र घिमिरेले जानकारी दिनुभएको छ। हिँजो (शुक्रवार) देखि उद्धारमा प्रहरी, जनप्रतिनिधि, स्थानिय सहित खटिएका खटिएका छन्।
सनिवार सवै तथ्यांक संकलन गर्ने र आइतवार राहत वितरण गर्ने तयारी नगरपालिकाले गरेको छ। यद्यपी रेडक्रस मार्फत अत्यावश्यक स्थानहरुमा त्रिपाल सहित केहि राहत सामाग्रि शुक्रवार र सनिवार पनि वितरण गरिने स्रोतले जनाएको छ। उता वडा नं. १ मा मुख्य वाहेक सवै शाखा सडक अवरुद्ध भएका छन्। आरुचौर जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ। यता वडा नं. ७ मा पर्ने खर्वाङ वामीटक्सार सडक अन्तरगत पल्टारमा अवरुद्ध सडक सुचारु भएको छ। विद्युत, संचार सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ भने अधिकाशं ठाउँमा खानेपानी समेत अवरुद्ध भएको छ।
फोटोः मुसिकोटको विभिन्न क्षेत्रमा गएको पहिरो

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend