logo
  • सोमबार, असोज १२ २०८३

बाँकेका थप १४ जना कोरोना संक्रमीत डिष्चार्ज, २५ जना निको हुन बाकी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अजय पाठक,बाँके असार १९ ।

बाँकेमा थप १४ जना कोरोना संक्रमित आइसोलेट सेन्टर बाट डिष्चार्ज भएका छन् । खजुराको कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट राप्तीसोनारी गाउँपालिकाका ७ जना डिष्चार्ज भएका हुन ।

बाँकेको बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसन सेन्टरबाट बैजनाथ गाउँपालिकाका ७ जना गरी १४ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय ३७ पुगेको छ । श्रेष्ठ अनुसार अब बाँकेमा २५ जना मात्र निको हुन बाकी रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend