logo
  • सोमबार, असोज १२ २०८३

पत्रकार बजगाईको जन्मदिन वृद्धाश्रममा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,बनेपा असार १८ ।

बिगत १८ बर्षदेखि पत्रकारीतामा कृयाशिल काभ्रेली पत्रकार नवराज बजगाईले बिगतमा जस्तै यो बर्ष पनि आफ्नो जन्मदिन बनेपामा रहेको बौद्ध बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गरेर मनाएका छन ।बिहिबार बिहान बृद्धाश्रममा पुगेर त्यहाँ रहेका बृद्धबृद्धालाई उनिहरुकै फोटो भएको फ्रेमसहितको मायाको चिनो र खादाले सम्मान गरी खाद्यान्न सामाग्री सहित प्रदान गरेका हुन । अग्रजको सम्मान र मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बजगाईले बताउनु भयो ।

आफुलाई जन्मदिने बुबा आमा नभएपनि बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उहाँले बताउनु भयो । बृद्धाश्रममा रहेका बृद्धआमाहरुलाई दुध खुवाएर कार्यक्रमको शुरुवात गरिएको थियो । नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रधान–सम्पादक बजगाई प्रेस संगठन नेपालका केन्द्रिय सदस्य र पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend